सहिद स्मृती भवन कोहलपुर परिसरमा बृहत वृक्षारोपण, विभिन्न प्रजातीका २ सय भन्दा बढि बिरुवा रोपण

२५ असार , कोहलपुर । पर्यावरणको रक्षा गर्ने उधेश्यका साथ एक घर ५ बिरुवा वृक्षारोपण कार्यक्रम अन्तरगत आज सहिद स्मृती भवन कोहलपुर परिसरमा वृक्षारोपण गरिएको छ ।

नेकपा माओवादी केन्द्रको निर्णय अनुसार एक घर ५ बिरुवा वृक्षारोपण गर्ने भन्ने नितीका साथ २ सय भन्दा बढि बिरुवा रोपिएको हो । अखिल नेपाल बिद्यार्थी संघ र वाईसीएल नेपालको सहजिकरणमा निम, वेलपत्ता, लगाएतका विभिन्न प्रजातीका विरुवा रोपिएको छ ।

नेकपा माओबादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे जेम्स,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला अध्यक्ष महेश बस्नेत, वाईसीएल जिला सह-संयोजक लाल बहादुर खड्का, पार्टी, वाईसिएल एवं बिधार्थि नेता असोक पोखरेल, चन्द्र जिसि, युबराज भण्डारी, बिज्ञान केसि, दान बहादुर वलि, बिधान केसि, मनोज क्षेत्री, लक्ष्मन मानब, सुनिल बटाला, हरेन्द्र बिकका साथै प्रेस सेन्टर नेपाल बाँके जिल्ला कोषाध्यक्ष अनिता बिश्वकर्मा , प्रेस सेन्टर नेपाल कोहलपुर नगरसमिति अध्यक्ष पुष्प राज हमाल लगायतको सहभागीता रहको थियो ।