महत्वपुर्ण उदेश्य बोकेको प्रथम बैजनाथ महोत्सव भोलिदेखि सन्चालन हुदै

९ माघ कोहलपुर । 

बाँकेको बैजनाथ गाउँपालिकामा माघ १० गतेदेखि प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक लघु घरेलु कृषि तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव भोलिदेखि सञ्चालन हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले भने नेपालमा तीन प्रकारका सरकार छन् । घरेलु महासंघ पनि केन्द्रदेखि स्थानीय निकायसम्म फैलिएको छ । हामी केन्द्रदेखि स्थानीय तहसम्म ३५८ पालिकामा छौं। देशभरका लघु घरेलु उद्योगको विकास, स्थानीय उत्पादन प्रवर्धन गर्ने हाम्रो उद्देश्य रहेको अध्यक्ष सिंहले बताएको छन् ।

त्यस्तै जिल्लाका अधिकांश महोत्सवलाई फेसनका रूपमा लिने गरेको देखिन्छ। तर वैजनाथमा हुन लागेको प्रथम वैजनाथ महोत्सवले छुट्टै पहिचान बोकेको र यस महोत्सवले विभिन्न उत्पादित वस्तुहरूलाई प्रवर्धन गर्ने बजारीकरण र मनोरञ्जनका लागि मात्र नभई सामाजिक कार्यका लागि पनि महोत्सव गर्न सकिन्छ भन्ने सन्देश यो महोत्सवले दिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्का बताएकी छन् ।

त्यस्तै बैजनाथमा महोत्सव पहिलोपटक हुन लागेको र यस महोत्सवमा भएको आम्दानी रकम घरेलु व्यवसाय प्रवर्धनमा खर्च गर्ने यो महोत्सव पहिलोपटक वैजनाथमा हुने भएकोले हाम्रा धेरै उद्देश्यहरू रहेका छन्। महोत्सव ११ दिनसम्म सञ्चालन हुनेछ र महोत्सवबाट भएको आम्दानीको २० प्रतिशित रकम बैजनाथमा रहेका घरेलु उद्योग तथा व्यवसाय उत्पादनमा प्रयोग गरिने, १० प्रतिशित बजेट बैजनाथमा रहेका सर्वसाहारा, बेसाहारा, विपन्न तथा गरिबहरूको सहयोगमा खर्च गर्ने र बाँकी बचेको रकम महासंघको भवन निर्माणका लागि खर्च गर्ने उद्देश्य बोकेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समितिका अध्यक्ष दुर्गा बहादुर घिमिरेले जानकारी दिएका छन्।

त्यस्तै प्रथम बैजनाथ महोत्सवमा स्थानीय उत्पादनलाई मुख्य प्राथमिकता दिइने महोत्सवमा बैजनाथ भित्र रहेका विभिन्न समुदायका झाँक्री लगायत सबै कुराहरूलाई समेटेको स्थानीय स्तरमा रहेका विभिन्न उत्पादनका सामग्रीहरू, कृषिवस्तुसँग जोडिने पर्यटकीय स्थलहरूको प्रचार प्रसारमा हामीले विशेष महत्त्वपूर्ण ध्यान दिएर स्थानीय कला सांस्कृतिकसँग जोडिएका थुप्रै प्रस्तुति र मौलिक नाच, सिंगार नाच, थारु नाच, लगायत विभिन्न प्रस्तुतिहरु समेटेको महोत्सव प्रचारप्रसार समितिका संयोजक सुमन विश्वकर्माले बताएका छन् ।