२ जेठ कोहलपुर । कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको आठौ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
संसाद सुर्य ढकालको प्रमुख अथिति र नरबहादुर मल्लको समापत्तित्वमा ८ औँ सधारण सभा सम्पन्न भएको हो । पानसमा बत्ति बालेर सासंद सुर्य ढकाले कार्यक्रमको उद्घाट गरेका थिए । उक्त अवसरमा बोल्दै सांसद ढकालले समग्र कोहलपुरको विकासको लागि आफु लागि परेको बताए । कोहलपुर बृहत शहरी खानेपानि संस्थाले कोहलपुरका जनता र आम उपभोक्तालाई स्वाच्छ र सफा पानि दिनु पर्ने बताए ।
खानेपानि मानव जीवनको लागि अपरिहार्य भएकाले विशेष ध्यान दिन र आफुले आफ्नो तर्फ बाट मन्त्रालय धाउन देखि फाइल बोक्नत यार रहेको बताए । समग्र बाँकेको विकासको लागि आफु अहिले विभिन्न मत्रलय धाइरहेको छु । ८ औं वार्षिक साधरण शभाको शुभकामना दिदैं नयाँ कार्यसमिति सहमतिमा र जुजारु,सक्षम ब्यक्तिलाई छान्न आग्रह गरे ।
त्यस्तै कोहलपुर बृहत शहरी खानेपानि उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्लले आफुले आफ्नो कार्यकालमा गरेकाको बारेमा जानकारी गराएका थिए । आगामि योजना प्रसतुत गर्दै नयाँ कार्यसमिति छनोट गर्दा सक्भर सहमतिमा जान बताए । कोहलपुरका जनतालाई स्वाचछ खानेपानि र सहज सरलरुपमा विभिन्न वडाहरुमा खानेपानि विस्तार गरेको बताए ।
कोहलपुर बृहत शहरी खानेपानि उपभोक्ता संस्थाले नगरपालिका सहकार्य गरेर अगाडि बढ्न र स्वाच्छ पानि दिन कोहलपुर नगरपालिका मेयर अर्थाथ विशिष्ट अथिति पुर्ण प्रसाद आचार्यले बताए । खानेपानिका उपभोक्ताहरुले सहज र स्वाच्छ खानेपानि नपाएको गुनासो र आक्रोस सामाजिक सञ्जालमा पोखने गरेको यसको समाधन गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि,सरोकारवाला निकाय, शुरक्षा कर्मी , पत्रकाहरुको उपस्थित रहेको थियो ।
कोहलपुर खबर । २ जेष्ठ २०८०, मंगलवार २०:२१