सुतौया(कन्वा) तालको दीगो विकासका लागि “सिमसार संरक्षण कार्यक्रम” हुदै

कोहलपुर । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा मा रहेको हरित सस्था ( एलुमुनि एसाेसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्ट ) ले यस वर्षको विश्व सिमसार दिवस २०८० को अवसरमा “सिमसार संरक्षण कार्यक्रम” यहि मिति २०८० माघ २४ र २५ गते मनाउने भएको छ।

हरेक वर्ष फेब्रुअरी २ मा मनाइने विश्व सिमसार दिवस यो वर्ष बाके जिल्ला अवस्थित सुतौया(कन्वा) तालमा विभिन्न कार्यक्रमहरु गरि मनाइने सघंका अध्यक्ष धिराजन परियारले बताए ।

यो वर्ष “सिमसार-मानव हितको आधार ” भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा फेब्रुअरी २ मा यो दिवस मनाइएको र उक्त दिवस लाई मध्यनजर गर्दै बैजनाथ गाउँपालिका वार्ड नम्बर ३ अवस्थित सुतौया(कन्वा) तालको दीगो विकास, संरक्षण र व्यवस्थापनका लागि बाके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यलय बाके, बैजनाथ गाउँलिका बाके , ZSL ,देउराली जन आश्रीत मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह तथा अन्य संघ-सस्थाको सहकार्यमा यो कार्यक्रम हुन लागिएको हो ।

सिमसारले पर्यावरण सन्तुलन, पानी शुद्धिकरण, वन्यजन्तुको बासस्थान, मनोरञ्जन,अनुसन्धान तथा शैक्षिक गतिविधिमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछन । सिमसार मुख्यतः पानीमा आश्रीत चरा,जिवजन्तुको लागि नभई नहुने तत्वहो ।

यस कार्यक्रम लाई भव्यरुपम सफल पार्नका लागि संघका सबै सदस्यहरु आ- आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउछन् । यही माघ २४ र २५ गते सम्पूर्ण संरक्षणकर्मि , संरक्षनाप्रेमी , बुद्दिजीवी तथा विद्यार्थी युवाहरु लाइ उपस्थित भइ सिमसार संरक्षणको लागि हातेमालो गरी कार्यक्रम सफल पार्न सहयोगको लागि सघंले अपिल गरेकाे छ ।