२ फागुन कोहलपुर / नेकपा एमाले कोहलपुरले लुम्बिनी प्रदेश सरकार नवनियुक्त वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीलाई स्वागत तथा सम्मान गरेको छ ।
नेकपा एमालेको तर्फबाट प्रदेश सभामा निर्वाचित नवनियुक्त मन्त्री चौधरीलाई एक औपचारिक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको हो । मन्त्री चौधरी मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बाँके १ (२ ) बाट निर्वाचित भएका थिए । नेकपा एमाले प्रदेश कमिटीका सदस्य समेत रहेका चौधरी मन्त्री भएपछि कोहलपुर कमिटीले औपचारिक समारोहका बीच सम्मान गरेको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले चुनावमा गरेका वाचा अनुसार आफू सधै विकासमा केन्द्रित हुने बताएका छन् । उनले जनताले विस्वास गरेर जिताएको र पार्टीको तर्फबाट आफूले वन मन्त्रालय सम्हाल्ने अवसर पाएको भन्दै त्यसलाई सदुपयोग गरिने बताएका थिए । यस्तै आफ्नो निर्वाचन क्षेत्रको विकास आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो । कोहलपुरको विकासलाई पनि आफूले ध्यान दिएको भन्दै पार्टीको नेता र कार्यकर्ताको साथ आफूलाई आवश्यक रहेको उनले बताएका थिए ।
यस्तै उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले जनताका आवश्यकता र चाहना अनुसार आफूहरु विकासमा केन्द्रित हुने बताइन् । उनका अनुसार कोहलपुरले प्रदेशमा मन्त्री पाउन सफल भएको छ । वन तथा वातावरण क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा आफू विस्वस्त रहेको उनले बताइन् । उनले मन्त्री चौधरीलाई जनताको अपेक्षा अनुसार काम गर्न पनि आग्रह गरेका थिए । उक्त अवसरमा स्वागत मन्तव्य नगर किमिटीका उपाध्यक्ष माधव रिजालले राखेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कोहलपुर खबर । २ फाल्गुन २०७९, मंगलवार ०८:०३