२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरीया नगरपालिका(६ शान्तिटोल बस्ने ५७ वर्षीय साहिल अहमद मनिहारलाई प्रहरीले पक्राउ गरेको छ ।
साहिलले ती महिलालाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कोहलपुर खबर । २४ चैत्र २०८०, शनिबार १६:५१