बाँकेका आगलागी परिवारलाई राहत वितरण

८ वैशाख,बाँके बाँकेका आगलागी परिवारलाई स्थानीय तह र नेपाल रेडक्रसले क्रमशः खाद्य र गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।

आगो नियन्त्रणमा आए पश्चात स्थानीय तह, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी जानकी र गंगापुर उपशाखाका तालिम प्राप्त स्वयंसेवक परिचालन भै स्थलगत सर्वेक्षण गरी स्थानीय तहबाट खाद्य (दाल, चामल, नुन, तेल र तयारी खाना) सामग्री र रेडक्रसबाट गैरखाद्य राहत सामग्री वितरण गरिएको उपशाखाले जनाएको छ ।

गत सप्ताह जानकी गाउँपालिका ५ मा आगलागी हुँदा ८ घरपरिवार, राप्तीसोनारी गा.पा.मा १ र बैशाख ४ र ६ गते नरैनापुरमा आगलागी हुँदा ११ परिवारलाई प्रतिपरिवार त्रिपाल १, कम्बल २, कपडा सेट, भाडा सेट र हाइजीन किट गरी २० सेट रु. १ लाख ५० हजार बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको थियो ।

आगलागीको मुख्य कारण लापरवाही हो तर आगो कसरी लागेको हो भन्ने यकिन गर्न मुस्किल रहेको कुरा बडा अध्यक्षहरुले बताउनछन् । बाँकेअपडेट बाट