सुशील कोइराला महिला यू–१९ क्रिकेट: कोहलपुर मेयर–११ र बागमती प्रदेश विजयी

 कोहलपुर ।

बाँकेको कोहलपुरमा सन्चालन भएको सुशील कोइराला मेमोरियल यू नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन भएको खेलमा बागमती प्रदेश र कोहलपुर मेयर(११ विजयी भएका छन। आज भएको पहिलो खेलमा बागमती प्रदेशले, लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै विजयी भएको हो । लगातार दोश्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर(११ संग पराजित भएको थियो।

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १०८ रन मात्र बनाएको हो । एन्जिला पाठकले अविजित ४२ रन बनाएता पनि लुम्बिनीको जितको लागि पर्याप्त भएन । पाठकले ५६ बलमा ४ चौका प्रहार गरेकी हुन् । कप्तान आश्मा पुलामी मगरले २० र सुष्मिता भुसालले १० रनको योगदान दिए ।

बागमतीको बलिंगमा बिपिशा शाहीले २ विकेट लिंदा क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले १/१ विकेट लिएका थिए । टस जितेर ब्याटिंग गरेको बागमतीले २० ओभरमा ४ विकेट क्षेतीमा ११६ रन बनायो । बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाईन् उनले ३६ बलमा ३ चौका प्रहार गरेकी हुनु । जस्मा ऐलि यादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाउर्दै अतिरिक्तको रुपमा लुम्बिनीले २७ रन दिएको हो ।

लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल, आशमा पुलामी मगर र एन्जीला पाठकले १/१ विकेट हात पार्दै खेलको प्लेयर अफ द म्याच बागमती प्रदेशकि सोनी पाख्रिन घोषित भईन् । आजको दोश्रो खेलमा कोहलपुर मेयर(११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्यो । लगातार दोश्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

कोहलपुर मेयर(११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभरमा ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ६५ रन मात्र बनाएको हो । गण्डकीको ब्याटिंगमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेका थिएनन् ।

कोहलपुर मेयर(११ को बलिंगमा फास्ट बलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिएकी हुन । रोयले
४ ओभर बलिंगमा २५ रन खर्चिन् । भवानी कमाती, प्रतिमा शाह, आरति महतो र रिया शर्माले १/१ विकेट लिएका हुन ।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर(११ ले निर्धारित १९ को ४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो तर कोहलपुर मेयर(११ को लागि सिमा कुँवरले सर्वाधिक ३० रन योगदान दिईन् उनले ४४ बलमा ३ चौका प्रहार गरेकी हुन भने लिशा यादवले २२ र साना प्रभिनले १० रन बनाईन्।

गण्डकीको बलिंगमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हात पारिन्। निरुताले ३/४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन्। कुसुम गोदार र आकृति तिवारीले १/१ विकेट हात पारिन्। खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर(११ कि हैमवती रोय घोषित भईन्।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९:३० बजे बागमती र लुम्बिनी तथा दोस्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र कोहलपुर मेयर–११ प्रतिस्पर्धा गर्नेछन् ।