कोरिया गएर फर्किएकालाई खुल्यो इपिएस भाषा परीक्षाको आवेदन खुल्यो

५ साउन,काठमाडौं । कोरिया शाखाले कोरियामा काम गरेर फर्किएकालाई इपिएस भाषा परीक्षाको आवेदन खुलाएको छ। शाखाले आज सूचना निकालेर पाँच वर्ष कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ ।सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपले नेपाल फर्केका इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने छ। कोरियामा इ–९ र ३–९–१ भिसामा पाँच वर्ष भन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभाग बाट इपिएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउने पनि शाखाले जानकारी दिएको छ।

दुई देशबीच भएको समझदारी अनुसार दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।