नेपालगन्ज मेडिकल कलेज कोहलपुरको बस र मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते 

२९ असार, कोहलपुर / बाकेको कोहलपुरमा बसले मोटरसाइकल लाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन ।

न्युरोड देखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल जाँदै गरेको नेपालगन्ज मेडिकल कलेजको भे १ क १२५ नम्बरको बसले कोहलपुर एनटिभी रोड देखि कृषि बजार तर्फ जाँदै गरेको भे ४ प ३२५३ नम्बरको मोटरसाइकललाई होटल अतिथी अगाडि चोकमा ठक्कर दिएको हो ।

मोटरसाइकल चालकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

स्थानीय का अनुसार मोटरसाइकल चालकको मृत्यु भएको भनिए पनि उपचार भैरहेको र अधिकारिक घोषणा नभएको अस्पताल श्रोतले जनाएको छ ।