३ बैशाख, कोहलपुर । नेकपा माओवादीका स्थायी समिति सदस्य एवं. पुर्वमन्त्री महेश्वर गहतराज अथकले माओवादी पार्टी मात्रै दलित मैत्री पार्टी भएकोले सम्पुर्ण उत्पिडित दलित समुदाय आफ्नो अधिकारको लागि माओवादीमा लामबद्दहुन अपिल गरेका छन ।
उनले माओवादीले मात्र दलित समुदायको लागि बिशेष अधिकारको सवाल पार्टीले अघि सारेको स्पष्ट पारे । पुर्वमन्त्री अथकले दलित समुदाय ऐतिहासिक सर्वहारा र श्रमिक बर्ग भएकोले आफ्नो अधिकार स्थापित गर्नका लागी यो बर्ग निरन्तर संघर्षरत हुनुपर्ने बताए । आईतबार नेपालगंजमा भएको नेपाल दलित मुक्तिमोर्चा को प्रथम जिल्ला भेला लाई संबोधन गर्दै अथकले उक्त कुरा बताए । संबोधनकै क्रममा पुर्वमन्त्री अथकले अहिले नयाँ संबिधानमा महिला दलित लगायत उत्पिडित बर्गको अधिकारहरु संबोधन भएको र त्यो माओवादीकै कारणले भएको स्मरण गराए ।
नेकपा माओवादीको भातृ संगठन नेपाल दलित मुक्तिमोर्चा बाँकेको जिल्ला भेलाले अमर बि.क को संयोजकत्वमा ६६ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ । उ्क्त समितिको सचिवमा नर बहादुर परियार चयन भएको संयोजक अमर बि.क ले जानकारी दिए । यही बैशाख महिना भित्र मोर्चाको प्रदेश र केन्द्रीय महाधिवेशन गर्नुपर्ने र त्यसकालगी वडा पालिका र जिल्लाका भेला सम्मेलन गरिसक्नुपर्ने संगठनको नीति भएकाले जिल्ला भेला गरिएको आयोजकले जनाएको छ ।
जिल्ला भेलामा बाँकेका सबै पालि बाट प्रतिनिधित्व रहेको सचिव नर बहादुर परियारले जानकारी दिए । जिल्ला भेलामा नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे नेपालगन्ज नगर अध्यक्ष रतन शाही मोर्चाका केन्द्रीय सदस्य झुपा बि.क, दुर्गा बि.क, प्रदिप बि.क, कमला बि.क लगायतले मोर्चा लाई सशक्त बनाउनुपर्ने धारणा राखेका थिए ।
कोहलपुर खबर । ३ बैशाख २०८०, आईतवार २३:०६