काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्यहरु मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरुमा यज्ञराज उपाध्याय, राजेन्द्र खत्री, गणेश हमाल , रमेश कोइराला, चन्द्र शर्मा, सरोज भण्डारी, रिसबदेव घिमिरे, शान्ति सदा, देशु सुहाङ्ग र रविन्द्र खड्का रहेका छन् । गणेश हमाल दैलेख जिल्लाको प्रतिनिधित्वमा मनोनित भएका हुन ।
कोहलपुर खबर । २८ भाद्र २०८१, शुक्रबार ११:००