२ भदौ,बुटवल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण भएको प्रसूति सेवा भवन आज बाट सञ्चालनमा आएको छ ।
सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुुङले संयुुक्तरुपमा सुविधासम्पन्न प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।
अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकालले सुविधा सम्पन्न प्रसूति भवन बनेकाले यसले नागरिकलाई राहत पुुग्ने बताउनुभएको छ । प्रसूतिका लागि भरपर्दो मानिएको उक्त अस्पतालमा शैया अभाव भएको गुनासो आएपछि १ सय ५० शै्याको प्रसूति भवन निर्माण गरिएको हो
। सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण भयको हो ।
कोहलपुर खबर । २ भाद्र २०७९, बिहीबार १८:२२