मार्सलराज सन्ज्याल
१० साउन,कोहलपुर । कोहलपुर नगरपालिका वडा नं.१४ पार्वतीपुरमा दम्पती हत्या अभियोगमा एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा, बिजय कुमार गडरिया रहेका छन्। उनी मृतक कृष्ण कुमार गडरियाको आफ्नै दाई हुन ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले मंगलबार पत्रकार सम्मेलन गरी दम्पती हत्या आरोपी बिजय कुमार गडरिया रहेको जनाएका हुन् ।
मंगलबार बिहान कोहलपुरको पार्वतीपुर बस्ने बर्ष २५ को कृष्ण कुमार गडरिया र उनकी श्रीमती बर्ष २३ की अञ्जली गडरिया आफ्नै घरको ग्यालरी तथा पालीमा मृत अवस्थामा फेला परेका थिए ।
उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम कृष्ण अधिकारी र इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लको टोलीले सम्बन्धित घटनास्थलमा खटिई गई अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा शंकाका आधारमा मृतक कृष्ण कुमार गडरियाको दाई बिजय कुमार गडरियालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोही क्रममा सोधपुछ गर्दा बिजय कुमार गडरिया समेतले योजना बनाई सुपारी रकम समेत दिई मार्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोे डिएसपी मल्लले बताए ।
डिएसपी मल्लाका अनुसार, केही महिना अगाडी मृतक कृष्ण कुमार गडरिया र निजको बुवा घिरन गडरियालाई मृतक अञ्जली गडरियाले उस्काएर जेठो छोरा बिजय कुमार गडरिया लाई घरायसी बिषयलाई लिएर कुटपिट गर्न लगाएको कारण सोही विषयलाई लिएर निज बिजय कुमार गडरियाले रिसिबी लिई विगत १८ दिन अगाडी केही व्यक्तिहरुलाई निज अञ्जली गडरियालाई मार्न भनी सुपारी रकम दिइएको थियो । सोमबार उनिहरुलाई राती बोलाई अञ्जली गडरियालाई मार्ने क्रममा श्रीमान कृष्ण कुमार गडरियाको समेत हत्या गरिएको हो ।
सो घटना सम्बन्धमा थप अनुसन्धानका लागि गडरियाको श्रीमतीलाई समेत पक्राऊ गरी सोधपुछ भईरहेको डिएसपी मल्लले बताए ।
कोहलपुर खबर । १० श्रावण २०७९, मंगलवार १९:५६