२४ कार्तिक कोहलपुर। बाँके क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारु लगाएत गठबन्धनका नेता तथा कार्यक्रर्ताहरु पनि सक्रिय रुपमा चुनाबि मैदानमा खटिएको निर्वाचन परिचालन समितीका बाँके क्षेत्र नं १ का संयोजक नरेन्द्र न्यौपानले जानकारी दिएका छन । त्सतै प्रदेश निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्माले गठबन्धका चुनाबि कार्यक्रमहरु उत्साह जनक रुपमा भई रहेको बताएका छन ।
प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुले आफुले जिते जनताले चाहेअनुसार सक्दो काम जनताको हितमा गर्ने थारुले बताएका छन् घरदैलो अभियान कोहलपुर नगरपालिका वडा नं. २ मा निरन्तर सक्रियताका साथ बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिले चुनाबि प्रचारमा डटेर लागिरहेको आफुले आँकलन गरिएको मत ल्याउन सकिने वडा सभापति यज्ञ महोराले जानकारी दिए ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं.१३ र राप्तीसोनारी गाउँपालिका वडा नं.९ मा एकै दिन घरदैलो अभियान गरिएको वडा सभापतिले जानकारी दिएका छन् । आगामी मंसिर ४ को प्रतिनिधिसभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउने हाम्रोलाई नभई राम्रोलाई भोट दिने भन्दै मतदाताहरुले आर्शिवाद समेत उमेदवार फुलाराम थारुलाई दिएका छन् ।
घरदैलो अभियानमा समानुपातिक तर्फ उम्मेदवार सन्जु कुमारी थारु, वडा, नगर र क्षेत्र स्तरका सम्पुर्ण नेता तथा कार्यक्रर्ता चुनाबि प्रचार अभियामनमा होमिएका छन् बाँके क्षेत्रमा गठबन्धको एकलौटी प्रचार प्रसारमा अभियान चलिरहेको छ ।
कोहलपुर खबर । २४ कार्तिक २०७९, बिहीबार २२:१३