११ असार, दार्चुला । दार्चुला जिल्लाको दुहु गाउँपालिका ५ का वडाध्यक्ष मनोरथ भट्टको मृत्यु भएको छ।
आइतबार स्वास्थ्यमा समस्या आउनुका साथै टाउको दुखेपछि भट्ट जिल्ला अस्पताल दार्चुला पुगेका थिय । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो।
आज विहान भट्टलाई धनगढी ल्याउने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेले जानकारी दिए । मनोरथ भट्ट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
दुहुँ गाउँपालिकाले वडाध्यक्ष भट्टको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ।शैल्यशिखर नगरपालिकाको बगौरामा उनको निधन भएको बताइएको छ।
उनको आजै दाहसंस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।
कोहलपुर खबर । ११ असार २०८०, सोमबार १२:४९