८ साउन,दाङ । दाङमा सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ ।शान्तिनगर गाउँपालिका–७ मा आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वली घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेर ज्यान गएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइए पनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकोमा उनको उपचारका क्रममा ज्यान गएको हो।
कोहलपुर खबर । ८ श्रावण २०८०, सोमबार १३:३९