पाँच किलो सुनसहित दुई भारतीय पक्राउ

३१ वैशाख, काठमाडौं । पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन् ।

उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।