१४ जेठ, कोहलपुर । जिल्ला प्रहरी बाँकेले भारतबाट भन्सार छली गरि नेपालगन्ज भित्र्याइएको अवैध सामग्री बरामद गरेको छ ।
प्रहरीको टोलीले नेपालगन्ज उप महानगरपालिका १ र २ मा चेकजाँच का क्रममा अवैध रुपमा ल्याइएको लत्ताकपडा , खाद्यान्न लगायत इलेक्ट्रोनिक्स सामग्री बरामद गरेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएका अवैध सामग्रीमा लेडिज कुर्ता सुरबाल, भितामा लगाउने पेन्ट, पिय पदार्थ,काँचो कपडा,मिक्सर लगायतको मूल्य १ लाख ९४ हजार २ सय रुपैयाँ रहेको छ ।
बरामद गरिएका सबै अवैध सामग्री आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ ।
कोहलपुर खबर । १४ जेष्ठ २०८१, सोमबार १४:२५