आजभोली अधिकांश पुरुषको मनमा उब्जिने प्रश्न हो ‘किन श्रीमतीकोमुड परिवर्तन भइरहन्छ होला रु उनीहरूले आफ्नो मुड खासै परिवर्तन भएको महसूस गर्दैन्न् तर श्रीमतीको मुड उनीहरूलाई छिनछिनमा फरक-फरक भए झैँ लाग्छ ।
बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक हुने गर्छ तर साँझ घर फर्कदाँ उनै श्रीमतीको मुड अर्कै भइसकेको हुन्छ ।
कहिले यसै खुशी हुने, कहिले झर्को मान्ने । कहिले उत्साहित हुने त कहिले यत्तिकै दुःखी भएर बस्ने १ आखिर किन मौसम जस्तै बदलिरहन्छ होला त श्रीमतीको मुड रु सम्भवतः अधिकांश पुरुषले यसरी सोच्ने गर्छन् होला ।
खासमा महिलाहरूको भावनात्मक स्थिति सधै एकनास रहँदैन । किनभने उनीहरूको शरीर संरचना र हर्मोनको कारण उनीहरूमा भावनात्मक उथलपुथल भइरहन्छ भने यो एक महिला शरीरको जैविक प्रवृत्ति नै हो । तर धेरैले यस्ता कुरालाई सामान्य रूपमा लिएर वेवास्ता गरिदिन्छन् । महिलाहरूको शरीर भित्र केकस्तो परिवर्तन भइरहन्छ त्यसलाई बुझ्न खोज्ने प्रयास गर्दैनन् ।
महिनावरी चक्र, गर्भधारण, दूधका ग्रन्थीहरुको विकास जस्ता अनेक कुराले महिलाको शरीरमा मात्र होइन, भावनात्मक अवस्थामा पनि परिवर्तन ल्याइरहन्छ । महिनावारीको बेलामा तथा गर्भावस्थामा महिलाको शरीरमा सेरोटोनिन हर्मोनको मात्रा घटबढ हुन्छ, जसले भावनात्मक र शारीरिक परिवर्तन हुने मनोविद्हरू बताउँछन् ।
मनोविज्ञका अनुसार महिलाहरूको मन र समाजको एकदमै ठूलो नाता हुन्छ, जस लाई मनोसामाजिक पनि भनिने गरिन्छ । हामी कस्तो वातावरणमा बसिरहेका छौं भन्ने कुराले पनि महिलाहरूको मुड परिवर्तन हुनुको कारण हो उनीहरू बताउँछन् ।
जीवनको विभिन्न समयमा महिलाको शरीरमा उथलपुथल हुन्छ । महिनावारी, गर्भावस्था, स्तनपान र महिनावारी सुक्ने बेलामा उनीहरूको शरीरमा विभिन्न हर्मोनको परिवर्तन हुन्छ, जसले गर्दा पनि उनीहरू सानो कुरामा रिसाउने र सानो कुरामा खुसी हुने गर्दछन् ।
यो लगायत महिनावारीका बेला अण्डाशयमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन बढी उत्पादन हुन्छ । यसले गर्भाशय बाक्लो बनाई शरीरलाई प्रजननका निम्ति तयार गर्छ । अण्डाशयमा उत्पादन भएका अण्डाहरु उर्वर भएनन् भने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा घटबढ हुन्छ । जसले गर्दा महिनावारीको समयमा महिलामा मुड परिवर्तन हुन्छ भनि हर्मोन रोग विशेषज्ञहरू बताउँछन् ।
अझ मुड परिवर्तन भइरहने समस्या महिनावारी सुक्ने बेला ४० देखि ४५ वर्षको उमेरका महिलामा बढी देखिने कुराहरू पनि उनीहरू बताउँछन् ।
शरीरमा एस्ट्रोजेन हर्मोनको मात्रा घट्दा यसले सेरोटोनिनको स्तरमा असर पार्छ । सेरोटोनिन भनेको मस्तिष्कमा हुने एक किसिमको रसायन हो, जसले मान्छेको मुड, सामाजिक व्यवहार, निद्रा, भोक, स्मृति, पाचन शक्ति आदिमा असर गर्छ । त्यसैले जब सेरोटोनिनको मात्रा असन्तुलित हुन्छ, महिलाको भावनात्मक र शारीरिक व्यवहारमा नौलो परिवर्तन हुन्छ भनेर पनि मनोविज्ञहरू बताउने गर्छन् ।
कोहलपुर खबर । १४ आश्विन २०७९, शुक्रबार ०६:३७