मार्सलराज सन्ज्याल
१४ फागुन, कोहलपुर / कोहलपुर उद्योग वाणिज्य संघको आयोजनमा फागुन ५ बाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर -२०७९ समापन भएको छ ।
‘कृषि,पर्यटन र उद्योगको आवश्यकता , व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ सञ्चालन गरिएको महोत्सव आज सकिएको हो । महोत्सव समापनसँगै कोहलपुर उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष लक्ष्मणराज पौडेलद्धारा जारी विज्ञप्तिमा स्थानीय सरकारले सिर्जना गरेको प्रतिकूलताका कारण महोत्सव समापन गर्न बाध्य भएको उल्लेख गरिएको छ । महोत्सवको समय थप गर्न कोहलपुर उद्योग वाणिज्य संघको प्रस्ताव कोहलपुर नगरपालिकाले अस्वीकार गरे पछि यस्तो विज्ञप्ती सार्वजनिक गरेको हो ।
उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलको हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ‘स्थानीय सरकारले त्रुटीगत निर्णयले महोत्सवबाट संकलित आम्दानीबाट बहुआयामिक भवन निर्माणलाई पूर्णता दिने उद्देश्य प्राप्ती हुन नसक्ने अबस्थामा आएको छ । ’
यो भनाई को तात्पर्य अनुसार आफ्नो कमजोरी ढाकछोप गर्न म्याद थप नगरेको भन्दै कोहलपुर नगरपालिकालाई आरोप लगाईएको छ । उद्योग वाणिज्य संघ कोहलपुरले बहुआयामिक भवन निर्माणका लागि भनेर करिब पाँच पटक सम्म महोत्सव सञ्चालन गरिसकेको छ तर अहिलेसम्म भवनको पिल्लर मात्र निर्माण गरेको छ । उद्योग वाणिज्य संघ कोहलपुरले ५ पटक महोत्सव सञ्चालन गरेको भएपनि अझै भवन बनाउन नसक्नु र सोही भवनका लागि पटक पटक महोत्सव सञ्चालन गर्नुले काँही कतै महोत्सवको नाममा आर्थिक आय ब्ययमा स्पष्ट नभएको समेत देखिन्छ ।
पाँच पटक महोत्सव संचालन गरेर पनि भबन निर्माण नहुनु, आर्थिक प्रतिबेदन सार्बजनिक नगर्नुले पनि उद्योग वाणिज्य संघ कोहलपुरमाथी प्रश्न चिन्ह खडा भएको छ । आज महोत्सव समापन गर्दै उद्योग वाणिज्य संघ कोहलपुरले स्थानीय सरकारलाई विभिन्न आरोप लगाउदै यस्तो विज्ञप्ती सार्वजनिक गरेको हो ।
त्यसै गरी बाणिज्य संघ कोहलपुरका अध्यक्ष तथा महोसत्व संयोजक लक्ष्मणराज पौडेलले जारी गरेको विज्ञप्तीको प्रतिउत्तर दिदै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले विज्ञप्ती प्रति कुनै प्रतिक्रिया नरहेको बताएका छन । उद्योग वाणिज्य संघको विज्ञप्ती प्रतिक्रिया दिने खालको नरहेका कारण यसमा कुनै जवाफ नभएका आचार्यले बताए ।
कोहलपुर खबर । १४ फाल्गुन २०७९, आईतवार २३:४१