रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

२१ जेठ, काठमान्डौं । इलाममा रतुवा खोलाले जिप बगाउँदा दुई जनाको ज्यान गएको छ ।

गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एक जना बच्चा र महिलाको शव प्रहरीले फेला परेको हो। उनीहरूको पहिचान खुलिसकेको छैन । ‘गाडीको एउटा चक्का मात्रै फेला परेको छ। गाडी भेटिएको छैन । प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले भने ।

इलामको लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिपलाई इलामकै चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो । उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ ।