मार्सलराज सन्ज्याल
१५ असार, कोहलपुर/ बाँके जिल्लाका विभिन्न स्थानहरुमा १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । बाकेको बैजनाथ गाउँपालिकामा पनि १९ औं राष्ट्रिय धान दिवस मनाईएको छ । बैजनाथ गाउँपालिका वडा न. ३ मा धान दिवस विशेष कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष प्रकाश शाहिले बैजनाथको स्थानीय सरकारले किसान संग पालिका प्रमुख कार्यक्रम मार्फत किसानहरुका हरेक गुनासोहरु सम्बोधन गर्ने बताए । आगामी ५ बर्षमा बैजनाथलाई कृषि निर्यातको रूपमा स्थापना गर्न स्थानीय सरकार हर बखत किसानको साथमा रहने बताए । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले इजरायलले आफ्नो कुल ३ प्रतिशत जनताले कृषि गरेर बिश्वलाई खाद्यान्न तरकारी निर्यात गर्न सफल भएको छ बताउदै हाम्रो देशमा कुल ७० प्रतिशत जनता कृषिमा निर्भर भएपनि बर्षभरी खान नपुग्ने अवस्था रहेको बताइन् । अब कुनैपनी जग्गा बाँजो नराखीकन कृषि योग्य जग्गा पलटिङ्ग रोक्का गरेर नयाँ कृषि प्रबिधिलाई अङ्गाल्न सके कृषिमा क्रान्ति ल्याउन सहिने उनले बताइन् ।बैजनाथ गाउँपालिका आर्थिक बिकाश शाखा प्रमुख एवं बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, अतिथिमा उपाध्यक्ष निर्मला रोकाय,बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार, बैजनाथ ६ का वडा अध्यक्ष भुपाल पुन मगर, जिल्ला साना किसान कृषि सहकारी संघ लि अध्यक्ष एकता शाह, एभरेष्ट कृषि सहकारी संघ लि अध्यक्ष टिकाराम रिजाल लगाएत स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही लगायत कर्मचारी र स्थानीय कृषकहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो।
कोहलपुर खबर । १५ असार २०७९, बुधबार २०:१०