“सगरमाथा स्कूलको वार्षिकउत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न” खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई सम्मानित

मार्सल राज सन्ज्याल

कोहलपुर । नेपालगञ्ज १८ मा रहेको सगरमाथा इङ्गलिस बोर्डिङ्ग स्कुलले १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा १८ कारकाँदो मा रहेको सगरमाथा इङ्गलिस बोर्डिङ्ग स्कूलले आफ्नै प्राङ्गणमा सम्पन्न वार्षिक उत्सव तथा अभिभावक दिवशको अबसरमा कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुर्य यादबले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुर्य यादबले भने कितावी ज्ञानसँगै बालबालिकालाई व्यवहारिक ज्ञानको खाँचो रहेको बताएका छन् । प्रमुख राम सुर्य यादबले बालबालिकामा भएको खेलकुद, सांस्कृतिक, साहित्य लगायतका अभिरुचिले पनि उनिहरुको भविष्य उज्ज्वल बनाउन तेतिकै महत्वपूर्ण भुमिका रहने र यस्ता कार्यहरू गर्नुपर्ने सुझाब समेत व्याक्त गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्य, कला तथा विज्ञान प्रदर्शनीको प्रशंसा गर्दै प्रमुख अतिथि राम सुर्य यादबले अभिभावकहरूलाई बालबालिकाको रुचि अनुरुप अघि बढ्न आग्रह गरेका छन् ।

बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले नृत्य, गित, गजल, योगा, कविता, नाटक, मार्चपास लगायतका विभिन्न कलाहरु प्रस्तुत गर्दै अभिभावकहरुलाई झुम्का थिए ।

स्कुलको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा स्कुलमा अध्ययनरत छात्रा तथा छात्रले खेलकुद, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएका बिधार्थीहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक रञ्जित राना, बरिष्ठ नृत्य निर्देशक सुन्दर गुरुङ, नृत्य निर्देशक भरत महतो, मानसरोबर इन्डष्ट्रिज प्रालि नेपालगन्जका प्रबन्ध निर्देशक बालराम विसी, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका सचिव मोहन बहादुर चन्द, बाल अधिकारकर्मी साहिल अन्सारी, बालअधिकारकर्मी अञ्जना चर्तुबेदी लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

अभिभावक दिवस कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक,शिक्षिका र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो।