१६ असार, धनगढी । लगातार दुई दिनदेखि यताको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको बजार क्षेत्र जलमग्न भएको छ ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १,२,३,५ लगायतका क्षेत्रहरु जलमग्न भएका हुन् ।
धनगढीमा उपमहानगरपालिका भित्र पानीको निकास हुने ठाउ नहुँदा बर्सेनि सामान्य वर्षामा समेत जलमग्न भएपछि स्थानीयवासीले डुबानको समस्या भोग्ने गरेका छन् ।
धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म रोकिएको छैन ।
कोहलपुर खबर । १६ असार २०७९, बिहीबार १२:२९