आइसीसी टी–२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग नेपाल पराजित भएको छ ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा दक्षिण अफ्रिका १ रनले पराजित भएको हो ।
११६ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल फिनिसिङमा चुक्दा १ रनले पराजित भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले १३ रन बनाए। यस्तै अनिल साहले २७ रनको योगदान गरे। अरिफ शेखले ४२ रनको योगदान गरे। यस्तै दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए ।
दक्षिण अफ्रिकाका तब्रिज साम्सीले ४ विकेट लिए ।
त्यस अघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनायो । दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । यस समूहबाट दक्षिण अफिका सुपर ८ मा प्रवेश गरिसकेको छ। श्रीलंका समूह चरणबाटै बाहिरिँदा नेपालको पनि सम्भावना सकियो ।
कोहलपुर खबर । २ असार २०८१, शनिबार ०८:४४