भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङ जाँदै प्रधानमन्त्री

१८ असोज,काठमाडौं । बझाङमा गएको भूकम्पले भयको प्रभावित क्षेत्र लाई अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बझाङ जाने भएका छन् ।

“अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न ’प्रचण्डले बताएका छन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले बझाङको अवलोकन गर्ने बताएका हुन् । त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ ।

उनले थप राहत र पुनः स्थापनाका लागि समन्वयात्मक रूपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिए । उनले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिए ।