नगरपालिका भित्र सि.वि.एम ग्लोबल र डेक नेपाल बाँकेको अवलोकन 

१२ पुष कोहलपुर / 

बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका विभिन्न ठाउँहरूमा सोमबार अवलोकन गरिएको हो । सि.वि. एम ग्लोबलको आर्थिक सहयोगमा डेक नेपाल बाँके द्वारा संञ्चालित एक कार्यक्रममा समुदायमा आधारित समवेशी विकास परियोजना र Futuremakers (P00148) को परियोजना अन्तर्गत कोहलपुर नगरपालिका भित्र परियोजनाले गरेका बिभिन्न क्रियाकलापहरुको अवलोकस गरिएको हो ।

अवलोकनको क्रममा गत सोमबार ११ गते सरस्वती माध्यमिक विधालय पिपरीमा अपाङ्गता मैत्री शौचालय र विद्यालयको मुख्य प्रवेश द्वार देखि कक्षा कोठासम्म जाने र्यापको अनुगमन गरिएको थियो ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ५ बस्ने टोपली आलेले संस्थाको सहयोगमा डल कुशनको कामबाट आयआर्जन गरि आफ्नो आवश्यकता पुरा गर्दै आएको र आफुलाई संस्थाले धेरै सहयोग गरेको पनि उनले बताएकी हुन् । डल कुशनको क्रियाकलापमा संलग्न रहेकि टोपलिले जुन उद्देश्यले संस्थाले सहयोग गरेको छ सोही अनुरुप काम गर्ने हो भने एक दिन सफल हुने विश्वास समेत व्यक्त समेत गरेकी छन् ।
कार्यक्रममा उपस्थित कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य र उप-प्रमुख संगीता सुवेदी पौडेल, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा नम्बर १२ का अध्यक्ष विरेन्द्र कुमार शाह, नगर स्तरीय अपाङ्गता संजालका  अध्यक्ष कमला देवी सापकोटा, नगर स्वास्थ्य शाखाका अनील सेन ठकुरी,
त्यस्तै डेक नेपालकी अध्यक्ष हरिकला देवी थापा, उपाध्यक्ष ईन्द्र बहादुर थकाली, कोषाध्यक्ष ललित बहादुर कठायत, सचिव गोकर्ण आचार्य, डेक नेपालका कार्यक्रम प्रबन्धक जिवन गुरी, कार्यक्रम संयोजक पारस वि.क. र दस्तावेज अधिकृत देवकुमारी ओली, लगाएतको उपस्थिती रहेको थियो।