दुई दिने प्रदेश स्तरिय मिडिया सम्मेलन कोहलपुरमा सुरु

कोहलपुर ।

बिहिबार कोहलपुरमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरिय मिडिया सम्मेलन २०८० लाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले गठबन्धन फेरिनुको खुलासा गर्नुभएकोछ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले नेपाली जनताको त्याग संघर्ष र बलिदानबाट स्थापित परिबर्तनका पिलरहरु भत्काउन खोज्दा गठबन्धन फेरिएको बताउनु भएको छ ।

मिडिया सम्मेलनको प्रमुख अथिति समेत रहनु भएका उपाध्यक्ष सापकोटाले नेलाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले आफ्नो महासमिति बैठकमा धर्मनिरपेक्षतालाई बहसको बिषय बनाउदै नेपालमा हिन्दुराज्य कायम गर्ने निर्णयले मुलुक पश्चगमनतिर लान खोजेको पुष्टि गरेको बताउनु भयो ।

पुर्व सभामुख समेत रहनु भएका सापकोटाले जनताको बलिदानीबाट प्राप्त उलब्धीको रक्षा गर्न सम्पूर्ण प्रेस जगत एकढिक्का भएर लाग्न अपिल गर्नुभयो । यस्तै कार्यक्रमका अर्का बक्ता नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराज अथकले देशको सुशासन र सामाजिक न्यायको पक्षमा नेपाली प्रेस जगतको महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।

उहाँले भन्नु भयो ” पछिल्लो समयमा भएको प्रबिधिको बिकासले पत्रकारिता क्षेत्रमा चुनौती थपेको छ यसलाई चिर्न नयाँ प्रविधि को बिकाससंगै आफ्नो शिप र क्षमताको बिकास गर्न जरुरी छ ,। पुर्वमन्त्री समेत रहनु भएका अथकले अहिलेको समयमा सबैभन्दा शक्तीसाली क्षेत्र मिडिया भएकोले कुन वर्गको पक्षमा भुमिका निर्वाह गर्ने भन्ने बिषयमा पत्रकारहरुले बुझ्नुपर्ने बताउनु भयो ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष मानसिङ बि।क।को अध्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल सचिव कृष्ण अधिकारी प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगल नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल प्रेस सेन्टर नेपालका नेताहरु खिला राज भण्डारी निर्मल ज्ञवाली शन्तोष पौडेल अजयदिप शर्मा प्रेस चौतारीका नेता रुद्र सुवेदी सन्चारिका समुहकी अगुवा रुपा गहतराज लगायतले बर्तमान अवस्थामा मिडिया क्षेत्रको चुनौती र खेल्नुपर्ने भुमिकाका बिषयमा चर्चा परिचर्चा गर्नु भएको थियो ।

मिडिया सम्मेलनमा लुम्बिनी प्रेशका १२ वटै जिल्लाका एकसय बढि प्रेस सेन्टर संग आबद्द पत्रकाहरुको सहभगिता रहेको छ । कार्यक्रम आज समापन हुने आयोजकले जनाएको छ ।