भदौ २७ कोहलपुर। बाँकेको कोहलपुरमा १८ औं जिल्ला स्तरीय खुल्ला गोजोरियो कराते खेलकुद प्रतियोगिता हुने भएको छ ।
कोहलपुर नगरपालिका स्थित मदनचोक नजिकै रहेको कोहलपुर बागेश्वरी ई.मि.स्कूलमा सन्चालन हुने भएको आयोजक टीमका सदस्य तथा गोजोरियो कराते जिल्ला अध्यक्ष निम प्रसाद खनालले जानकारी दिएका छन् ।
खेलाडी भनेका राष्ट्रका गहना हुन त्येसैले राष्ट्रको लागी खेलकुद र स्वास्थ्यको लागी खेलकुद भन्ने मूल नारा सहित खेलाडीको मनोबल र हौसला बढाउन बिभिन्न राष्ट्रिय खेल गरिएसँगै कोहलपुरमा पनि बिगत लामो समयदेखि गोजोरियो कराते खेलाडीहरुलाई समेट्दै १८ औं जिल्ला स्तरीय खुल्ला गोजोरियो कराते खेलकुद प्रतियोगिता गरिने भएको हो ।
गोजोरियो कराते खेलमा सहभागि हुने खेलाडीले भदौ २८ गतेसम्म दर्ता गर्नका लागि आवहान गरिएको छ । उक्त खेलकुदमा सहभागी हुनको लागि दर्ता शुल्क रू.१००० रहेको र खेलकुद प्रतियोगिता ३० गते बाट सञ्चालन हुने खनालले बताए छन् ।
सहभागी खेलाडीको कराँतेको कुमुते तर्फ तौल २५ के.जि. देखि ६० के.जि.सम्म रहेको छ । १८ औँ जिल्ला स्तरीय खुल्ला गोजोरीयो प्रतियोगितामा खेलाडी २५० देखि २८० जनासम्म रहने बताइएको छ । जसमध्ये प्रत्येक सहभागी हुने खेलाडीलाई टिसर्ट, प्रमाणपत्र, खाना,नास्ता र पदक विजेता प्रथम, द्वितीय ,तृतीयलाई मेडल र प्रमाणपत्र तथा विशेष पुरस्कारको पनि व्यवस्था गरिएको आयोजक टीमले कोहलपुर खबरलाई बताएको छ ।
कोहलपुर खबर । २७ भाद्र २०८०, बुधबार २२:४१