९ भदौ,नेपालगन्ज । रुकुमेली सेवा समाज बाँकेले सामाजिक उत्तरदायित्व अन्तर्गत आज रक्तदान कार्यक्रम गरेको छ । भेरी अस्पातलभित्र रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा एक कार्यक्रम गरी उक्त रक्तदान गरिएको हो । यस रक्तदानले रगत अभावमा मत्युसँग जुधिरहेका बिरामीको जीवन सुरक्षा हुने विश्वास लिइएको उनको भनाइ छ ।
रुकुम घर भइ हाल स्थायी तथा अस्थायीरुपमा बाँकेमा बसोबास गर्ने रुकुमेलीले रक्तदान गरेका थिए । रुकुमेली सेवा समाजको प्रथम अधिवेशनपछि बसेको पहिलो बैठकले नेपालगन्ज र कोहलपुरमा रक्तदान गर्ने निणर्य गरेको थियो ।
सोही अनुसार आज नेपालगन्जमा रक्तदान गरिएको रुकुमेली सेवा समाजका सल्लाहकार रुद्र देवकोटाले जानकारी दिए । उनका अनुसार यही १५ गते कोहलपुरमा रक्तदान कार्यक्रम गरिने भयको छ । ज्ञानोदय पुस्तकालयमा विहान ७ः३० बजेदेखि उक्त कार्यक्रम हुने उनले बताए । उक्त रक्तदान कार्यक्रममा सहभागी हुन उहाँले सबैलाई अपील गरेका छन् ।
रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको रुकुमेली सेवा समाज बाँकेका सचिव चिन्ताराम शर्माले बताए ।
कोहलपुर खबर । ९ भाद्र २०८०, शनिबार १६:२३