भारतको नयाँदिल्लीमा लगातार ठूलो वर्षाका कारण जलमग्न


२८ असार, दिल्ली । भारतको राजधानी दिल्लीमा लगातारको वर्षाका कारण जलमग्न भएको छ । यमुना नदीमा पानीको सतह ज्यादै बढ्दै जाँदा धेरै ठाउँहरु डुबान भएको छ । यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च भएको बताएका बीबीसीले जनाएको छ ।

उहाँका अनुसार नदीमा अझै पानीको सतह बढिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हिजो यमुना नदीमा पानीको सतह २ सय ८ दशमलव ०८ मिटर मापन गरिएको छ । यो भनेको खतराको बिन्दुभन्दा झण्डै दुई मिटर धेरै हो ।

सन् २०१३ मा २ सय ७ दशमलव ३३ मिटर मापन गरिएको थियो । सन् १९७८ मा २ सय ७ दशमलव ४९ मिटर मापन गरिएको थियो । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ ।

हरियाणाको हथिनीकुथ बाँधबाट निरन्तर पानी छोडिएकाले दिल्लीमा बाढी आएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा सहर पूरै जलमग्न भएको छ । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ । नदी आसपासका झण्डै तीन हजार जनालाई सुरक्षित ठाउँमा सारिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताए ।