२० माघ कोहलपुर । बाँकेको कोहलपुरमा लुम्बिनी प्रादेशिक महोत्सव यहि फागुन ५ गतेदेखी संचालन हुने भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा कृषि, पर्यटन, शिक्षा र उद्योगको आवश्यकता, व्यवसायिक प्रवर्द्धन सँगै सामाजिक एकताको मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको उधोग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले प्रत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।
महोत्सव आगामी फागुन ५ देखि १३ गतेसम्म कोहलपुर न्यूरोडको खुल्ला मैदानमा हुने आयोजकले जनाएको छ । हाल महोत्सवको तयारी तीव्ररुपमा भइरहेको महोत्सव आयोजक मूल समारोह समिति संयोजक एवं कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । वाणिज्य संघको भवन निर्माणार्थ संचालन गर्न लागिएको महोत्सवमा २ सय ५० बढी स्टलहरु रहने र करिब तिन लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।
महोत्सवमा स्थानिय कला, संस्कृती, स्थानिय उत्पादनलाई प्राथमिकतामा राखिएको संयोजक पौडेलले बताए ।
कोहलपुर खबर । २० माघ २०७९, शुक्रबार २०:५१