अत्याधिक गर्मीका कारण कोहलपुर नगर क्षेत्र भित्रका विधालय बन्द

२१ जेठ, कोहलपुर ।  कोहलपुर नगरपालिकाले अत्यधिक गर्मीका कारण बालबालिका हरुको स्वास्थ्यलाई मध्यनजर गर्दे कोहलपुर क्षेत्रका विधालयहरु बन्द गर्ने घोषणा गरेको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुखज्युको अध्यक्षतामा नेपाल शिक्षक महासंघ,क्रिसा लगायत विभिन्न सामुदायिक तथा संस्थागत विधालयका पेशागत घटकहरु सहितको मिति २०८०/०२/२० गते बसेको बैठकको निर्णय अनुसार यहि मिति २०८०/०२/२२ गते देखि २४ गतेसम्म वर्षे विदाबाट मिलान हुने गरी सबै विधालयमा गर्मी विदा गरी पठनपाठन स्थगित गर्न कोहलपुर नगरपालिका ले सुचना जारी गरिएको छ ।