कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत १० लाख

११ जेष्ठ कञ्चनपुर । बाघको आक्रमणबाट कञ्चनपुरमा ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम रु १० लाख हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।

गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । खोजी गर्ने क्रममा चन्दको शव खप्टीनाला क्षेत्रमा भेटिएको थियो। बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रावधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो।