लोकतान्त्रीक प्यानल बिजयी

१३ साउन, कोहलपुर। बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा अध्यक्ष टेक नारायण भुषालले १ सय ९७ मतान्तरले विजयी भएका छन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा निकटतम प्रतिद्धन्द्धीलाई १९७ मतले पछि पार्दै लोकतान्त्रीक प्यानलका टेकनारायण भुषाल बिजयी भएका छन । भुषालले १२ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी रुद्र खनालले १ हजार १७ मत प्राप्त गरे । यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट सचिवमा गोविन्द वाग्लेले १ हजार ५६ मत, सह–सचिवमा बाल कुमारी सापकोटाले सय १ हजार १ सय ३४ मत, कोषध्यक्षमा ध्रुव आचार्यले सय १ हजार १ सय ४३ मत र सह– कोषाध्यक्षमा ईश्वर प्रसाद शर्माले १ हजार १ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् । लोकतान्त्रीक प्यानलबाटै उपाध्यक्षमा बिर बहादुर विष्ठ ११४१, सचिवमा गोविन्द वाग्ले १०५६, कोषाध्यक्षमा धुर्व आचार्य ११४३, सहसचिवमा बालकुमारी सापकोटा ११३४ र सहकोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा ११६५ मतकासाथ बिजयी भएका छन । त्यसैगरी सदस्यहरुमा झग्गु प्रसाद वलीले ९९२, चक्रदिप शाहले ९९६, आशा घर्ति मगरले ९९४ तथा महिला सदस्यमा दिपा कुमारी बस्नेतले १११६ र टिकादेवी सुनारले १०५२ मत प्राप्त गर्दै बिजयी भएका छन । कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका ८ वर्षपछि भएको निर्वाचनमा ४ दलिय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरुलाई पराजित गर्दै लोकतान्त्रीक प्यानलका उम्मेदवार बिजयी भयका छन ।