८ असार, कोहलपुर । कोहलपुरमा आज विहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
कोहलपुर खबर । ८ असार २०८०, शुक्रबार १६:४५