जहाज दुर्घटना : पत्रकार पौडेललाई श्रद्धाञ्जलि दिनेको भीड

३ माघ, काठमाडौँ /आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका पत्रकार त्रिभुवन पौडेललाई सयौँले श्रद्धाञ्जलि अर्पण गरेका छन्।

शवको पोस्टमार्टम सकेर आफन्तलाई बुझाएपछि अन्तिम श्रद्धाञ्जलिका लागि ३७ वर्षीय पत्रकार पौडेलको शव नेपाल पत्रकार महासङ्घ कास्की तथा प्रदेशको प्राङ्गणमा राखिएको छ।

उनलाई मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेकपा ९माओवादी केन्द्र०को संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे लगायत शुभचिन्तकले श्रद्धाञ्जलि अर्पण गरेका छन्।

श्रद्धाञ्जलि दिएपछि मङ्गलवार नै पोखराको रामघाटमा उनको अन्त्येष्टि गरिनेछ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य रहेका उनी नेपाल प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष पनि हुन्। पोखराबाट प्रकाशन हुने पोखरा हटलाइन दैनिकका सम्पादक समेत रहेका उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर काम गरेका थिए।

( थाहा खबर  बाट )