कोहलपुर नगरपालिकाका मेयर सहितको टोलिले कोहलपुर ७ लखनामा निशुल्क स्वास्थ्य प्ररामर्श

२१ साउन कोहलपुर / कोहलपुर नगरपालिका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले बिहान ८ बजे देखि कोहलपुर नगरपालिका वडा नं ७ लखना, जमुनी लगाएतको टोल र बस्तिहरुमा निशुल्क स्वास्थ्य जाँच तथा औषधि बितरण गरेको छ ।

उक्त टोलिमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका इमर्जेन्सी प्रमुख डा.देबेन्द्र आचार्य,शहरी स्वास्थ्य केन्द्र वडा नं ७ लखनाका प्रमुख सुदन बुढाथोकी र आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा न १४ का प्रमुख आसिफ खान लगायतको टिमले आज कोहलपुर ७ मा रहेका बिरामीहरुलाई निशुल्क स्वास्थ्य परामर्श दिदै रक्तचाप,सुगर,दम, एलर्जीका बिरामीहरु रहेको डा.बुढाथोकीले बताए ।

उक्त जमुनी टोलमा एकजना दमका बिरामीलाई नगर प्रमुख आचार्य द्वारा निशुल्क नेबुलाइजर मसिन औषधिसमेत उपलब्ध गराइएको र अपाङ्ग भएका बालबालिकालाई पनि निशुल्क स्वास्थ्य परामर्श दिनुको लखना वडा नम्बर ७ का स्वास्थ प्रमुख बुढाथोकीले बताए ।

नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाका “१५ वटा वडाको ठाँउहरुमा यस्तै अरु वडाहरुमा पनि निशुल्क घरदैलो स्वास्थ्य चेकजाँच, औषधि र फलफूल बितरण गर्ने प्रयास गर्ने” बताए ।