८ साउन,दाङ । दाङको सङ्ग्रामखोला नजिकै घोराहीबाट तुलसीपुरका लागि छुटेका बस दुर्घटनमा परेको छ । घोराही–तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ ख १३१२ नम्बरको बस घोराही–तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला नजिकै सडकको छेउमा पल्टिएको हो । इलाका प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा तिलकबहादुर रोका, २२ वर्षीया अञ्जु चौधरी, ३५ वर्षीया दिलकुमारी बुढा, २६ वर्षीया निता बुढा, ४६ वर्षीया नम्रता पोख्रेल, ४२ वर्षीय घनश्याम बस्नेत, ३६ वर्षीया मनकुमारी खत्री र ४३ वर्षीया मिना गिरी रहेका छन् । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनालगत्तै गाडी नियन्त्रणमा लिइ चालकलाई नियन्त्रणमा लिएको छ ।
कोहलपुर खबर । ८ श्रावण २०८०, सोमबार १६:४६