कर्णाली प्रदेशको स्थापना दिवसको अवसरमा आज, प्रदेशभर सार्वजनिक बिदा

४ भदौ,सुर्खेत । आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते मन्त्रालयले एक सूचना प्रकाशन गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनुभयो ।