३ भदौ,काठमाण्डौ । भदौ ३ गते आज राष्ट्रिय सूचना दिवस मनाइँदैछ । नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भइ कार्यान्वयनमा भयको दिन राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ ।राष्ट्रिय सूचना आयोगले १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गरी सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न÷गराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ ।सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने प्रतिबद्धता पत्रमा उल्लेख छ ।नागरिकलाई प्राप्त अधिकारमध्ये सूचनाको हक सबैभन्दा महत्त्वपूर्ण रहेको र यसको प्रयोग दिनानुदिन बढ्दै गएको आयोगको भनाइ छ ।
कोहलपुर खबर । ३ भाद्र २०८०, आईतवार ११:४३