२१ असोज कोहलपुर । बाँकेको कोहलपुर नगरपालीका सहित देशभरका स्थानिय तहका निजामती कर्मचारीहरुले आफ्ना माग सहित पेन डाउन गर्दा सेवाग्राही मर्कामा परेका छन ।
देशैभरि रहेका ७५३ वटा स्थानीय तहबाट निजामति सेवामा रहेर काम गरिरहेका कार्मचारीले पेन डाउन गर्दा सेवाग्राही मर्कामा परेका हुन् । प्रस्तावित संघिय निजामति सेवा ऐनमा समावेश भएका २० बुँदे मागहरु सम्वोधन नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएका छन् । जसले गर्दा सेवाग्राही कार्यलय आएर फर्किनु पर्दा मर्का परेको हो ।
निजामती सेवाबाट सेवा दिईरहेका निजामती कर्मचारीहरुले यतिबेला देशभरी बाट आफ्नो स्थानिय तह देखि प्रतिनिधित्व गर्दै केन्द्रमा संघर्ष समिति गठन गरी आफ्नो २० (बिस) बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । कोहलपुर नगरपालिका लगायत प्रस्तावित संघिय निजामती सेवा ऐनमा समावेश भएका २० बुँदे मागहरुलाई तत्काल संशोधन नभएसम्म आन्दोलन जारी राख्ने भन्दै शुक्रबारदेखि सरकारी कामकाज ठप्प राखेका छन् ।
कोहलपुर नगरपालीकाका १५ वटै वडा र शाखागत निजामति कर्मचारीहरु अहिले कार्यलय समयमा नगरपालीकामा धर्ना गर्दै आन्दोलन गरीरहेका छन् । नेपाल सरकारले निजामती सेवामा कार्यरत कर्मचारीहरुलाई सौतेली आमाको जस्तो ब्यवहार देखाएको भन्दै यतिबेला कर्मचारीले पेन डाउन गरी सरकारलाई चुनौती दिएका छन् । कर्मचारीहरुका मागलाई सरकारले सुनुवाई नगरेसम्म आन्दोलन जारी रहने कोहलपुर नगरपालिकाका संघर्ष समितिका संयोजक राम बहादुर हमालले कोहलपुर खबरलाई जानकारी दिए छन् ।
कोहलपुर नगरपालिकामा निजामति सेवामा कार्यरत कर्मचारी २ सय ५० जना रहेको संर्घष समितिका संयोजक राम बहादुर हमालले बताए । केहि कर्मचारीहरु कोहलपुरको प्रतिनिधित्व गर्दै काठमान्डौ गएको बताए । निजामति कर्मचारीको आन्दोलन बाट सेवा प्रभावित भईरहेको मनन् गर्दै केहि समय धैर्य गर्न उनले आग्रह गरे उनले भने सेवा लिन आउनुभएका सेवा ग्राहीलाई पर्न गएको मर्का प्रति हामी क्षमा प्रार्थी छौं । उनले भने २० बुँदे माग पुरा नभएसम्म धर्ना गरी पेन डाउन जारी रहने बताएका छन् ।
कोहलपुर खबर । २१ आश्विन २०८०, आईतवार १८:२९