२५ जेठ, सुर्खेत । सुर्खेतमा ६५ शङ्कास्पद बिरामीको चेकजाँच गर्दा पाँच जनामा दादुरा देखा परेको छ । वीरेन्द्रनगर र चिङ्गाडका दुई–दुईजना तथा गुर्भाकोटका एकजनामा दादुरा भेटिएको हो ।
दादुरा देखिएपछि जेठ २८ गतेदेखि जिल्लाका ९ वटै पालिकामा दादुराविरुद्धको खोप अभियान सुरू गरिने भएको छ। दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ।
पहिलो चरणमा बराहाताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने भयको छ ।
यसअघि सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। सन् २०२३ सम्म दादुरामक्त नेपाल घोषणा गर्ने भनिएकामा सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म सो लक्ष्य राखिएको छ ।
कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा रविन खड्काले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए । यसैबीच, दादुरा रुबेल खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरीने स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए।
कोहलपुर खबर । २५ जेष्ठ २०८०, बिहीबार १४:४९