श्री ज्ञानज्योती माध्यामिक विद्यालय कोहलपुरद्धारा विद्यार्थी संग मेयर कार्यक्रम सम्पन्न


३२ साउन, कोहलपुर । कोहलपुर नगरपालिका वडा न ११ मा अवस्थित श्री ज्ञानज्योती माध्यामिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थी संग मेयर मकार्यक्रम सम्पन्न गरेको छ । SAMA /SGCP NEPAL / NCS Banke को सहकार्यमा गरिएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अथिती एवम कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।

विद्यार्थी संग मेयर कार्यक्रमका क्रममा श्री ज्ञानज्योती माध्यामिक विद्यालयलमा अध्यनरत विद्यार्थीहरुले विद्यालय क्षेत्रभित्र आफुले भोग्न परेका समस्याको समधान गर्न पहल गरिदिन आग्रह गर्दै आफना जिगासाहरु राखेका थिए । कक्षा १० मा अध्यनरत छात्रा पुजा वुढाले पालिका भित्र अवस्थित विद्यालयहरुमा कक्षा १० सम्म निशुल्क शिक्षा प्रदान गर्ने भनिरहदा पालिकाले त्यो व्यवस्थापनको बारेमा खासै चासोकोे विषय नबनाएको हो कि भन्ने लागेको र त्यो व्यवस्था आफ्नो विद्यालयमा पनि लागु नभएकोले यस्का लागी पालिकाबाट के पहल हुन्छ भन्ने जिगासा राख्नु भएको थियो ।

यस्तै कक्षा १० मै अध्यनरत उर्मिला खत्रीले सुद्ध खानेपानीको व्यवस्थापन नभएकाले स्वास्थ्यमा पर्ने असरका बारेमा सोच्न पनि पालिकालाई आग्रह गर्नुभएको थियो । यसै गरी कक्षा १० मै अध्यनरत नन्द बहादुर विष्टले कोहलपुरमा संञ्चालित विद्यालमा विज्ञान विषय पठन पाठन भएता पनि प्रयोगात्मक रुपमा प्रयोग गरिने प्रयोगशालाको व्यवस्थापन नभएकाले यस्को व्यवस्थापनमा पनि ध्यान दिने बताउनुभयो । लागु औषध दुव्र्यशनी लगाएत अन्य धेरै कुराको व्यवस्थापन गर्नुपर्ने ८,९ र १० का विद्यार्थिहरुले आफ्ना जिगासा राखेका थिए ।

विद्यार्थीहरुका जिगासाकोे जवाफ दिदै कार्यक्रमका प्रमुख अथिती आचार्यले स्थानिय सरकारले विद्यालय क्षेत्रमा विद्यार्थीहरुले भोग्न परेका सहजता र असहजतालाई मध्यनजर गरी कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरालाई अगाडि बढउदै लैजाने प्रतिबद्धता गर्नुभयो ।