बालेनलाई लक्षित गर्दै ओलीले भने – महानगरबाट गरिबलाई नभइ गरिबी हटाउँ

९ असोज,काठमाडौं । महानगरबाट गरिव नभई गरिवी लखेट्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका प्रमुख बालेन साहलाई लक्षित गर्दै महनगरबाट गरिबलाई नभइ गरिबी लखेट्नु पर्ने बताएका छन्। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि रहेको भन्दै उनले  असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको आफूहरूले देखेको बताएका हुन्।

पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो । यसमा कसैको दुई मत छैन होला, मेरो पनि छैन । कुरा परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजारा व्यापार गरिरहनु भएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो ।

“फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो । असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औँ वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।”

यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् । समाधानको उपाय के हुन सक्छ, तपाईहरूको विचार पनि राख्नुस् है !, उनले लेखेका छन्।