कल्पना शाही ७ असोज, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले विद्यार्थीलाई प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतनामुलक कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । अर्जुनवाण गणको संयोजनमा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत राप्ती सोनारी –८ मा रहेका पाँच विद्यालयका छात्रछात्रालाई सुरक्षासम्बन्धी जागरुक गराउने उद्देश्यले निकुञ्ज सम्बिन्धि चित्रकला प्रतियोगिता तथा स्न्याप प्रश्न उत्तर कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीसँग कार्यक्रममा उपस्थित भएका शिक्षकलाई सम्बन्धित विद्यालयको पुस्तकालयमा राखेर अध्ययनका लागि संरक्षणका क्षेत्रमा काम गरिरहेको विभिन्न सङ्घसंस्थाको सहयोगमा निकुञ्ज र वन्यजन्तु संरक्षण सम्बन्धित पुस्तक पनि उपलब्ध गराइएको थियो । बाँके राष्ट्रिय निकुञ्ज कार्यालय तथा संरक्षण साझेदार संस्थाहरू जेडएसएल नेपाल, हिमालयन नेचर, तराई भू–परिधि कार्यक्रम (ताल) लगायतले चित्रकला प्रतियोगिता तथा स्नायप प्रश्न उत्तर कार्यक्रमका लागि सहकार्य गरेका थिए । कार्यक्रममा एक सय नौ जना विद्यार्थी सहभागी भयका थिए । निकुञ्ज सुरक्षामा खटिएको अर्जुनवाण गणका गणपति एवं प्रमुख सेनानी अशोक खड्काले आगामी दिनहरूमा विद्यालय सञ्चालक र विद्यार्थीसँग यस्ता कार्यक्रम निरन्तररुपमा गरिने जानकारी दिए ।
कोहलपुर खबर । ७ आश्विन २०८०, आईतवार ०६:३४