ब्राउन सुगरसहित एक जना पक्राउ

२१ असार,नेपालगन्ज / बाँकेको नेपाल भारत सिमानाका जमुनाहबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, कोहलपुर नगरपालिका वडा नं.११ बस्ने ४० वर्षीय खिट्टन थारु रहेका छन ।

थारुमाथि शंकालागि लागु औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिए ।

थारुको साथबाट आँपको झोलामा लुकाएर रखी अन्दाजी १ ग्राम ब्राउन सुगर फेला परेको रिजालले बताए ।

पक्राउ परेका थारु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।