२३ असार, डोटी । डोटीमा घर भत्किएर च्यापिँदा एक महिलाको मृत्यु भएको छ ।
दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको शनिवार राती घर भत्किएर च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको हो । घटनापछि राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले बिहान ५ बजे मलासीको शव निकालेको हो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
कोहलपुर खबर । २३ असार २०८०, शनिबार ११:४७