२९ साउन,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० सालको कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । सानो ठिमी भक्तपुरबाट कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने जनाएको छ । बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेको जानकारी दिए। उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पार्नु भयो। बोर्डले साउन भित्रमै परीक्षाफल प्रकाशन गरी सक्ने प्रतिबद्धता जनाएको छ।गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।कक्षा १२ का परीक्षाफल प्रकाशन नेपाल टेलिकमको आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत प्राप्त गर्न सकिने जनाएको छ।
।
कोहलपुर खबर । २९ श्रावण २०८०, सोमबार १६:४१